नियम २५
परिषद्को कोष
(१) परिषद्को एउटा छुटृै कोष रहनेछ र कोषमा देहाय बमोजिमको रकम जम्मा हुनेछः–
(क) ऐनको दफा २५क. बमोजिम प्राप्त हुने रकम,
(ख) नेपाल सरकार वा जिल्ला विकास समितिबाट प्राप्त हुने रकम,
(ग) स्वदेशी वा विदेशी संघ संस्था वा व्यक्तिबाट प्राप्त हुने रकम, (घ) अन्य कुनै स्रोतबाट प्राप्त हुने रकम ।
(२) उपनियम (१) को खण्ड (ग) बमोजिम विदेशी संस्था वा व्यक्तिबाट कुनै किसिमको सहयोग लिंदा नेपाल सरकारको पूर्वस्वीकृति लिनु पर्नेछ ।